इटहरीः मोरङको उर्लाबारी नगरपालिका–२ बाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ६ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–२ का २० वर्षीय नवीन पुरीको घरबाट उर्लाबारी ३ का रकी धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ वर्षीय सुमित राईसमेत ४ जनालाई प्रतिबन्धित औषधि  ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेटसहित पक्राउ गरेको हो ।

प्रतिबन्धित औषधिसहित पक्राउ परेका चारै अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।