इटहरीः मोरङको विराटछनगरका विभिन्न स्थानबाट युरेनियमजस्तो देखिने वस्तुसहित १५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ७ का ४१ वर्षीय शिवशङ्कर पासवान, धनपालथान गाउँपालिका ४ का ३७ वर्षीय मुकेशकुमार साह, धनपालथान गाउँपालिका–७ का ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका २ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर–१२ का ४६ वर्षीय फटिककुमार कार्की, माप्यदुधकोशी गाउँपालिका–७, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका–९, खोटाङका ३२ वर्षीय किरण राई र धनपालथान गाउँपालिका–७ का ४४ वर्षीय लक्ष्मण शर्मा, गण्डकी गाउँपालिका–८ गोरखाका ४५ वर्षीय जीवन गुरुङ, मङहा नगरपालिका–६ महोत्तरीका, ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका–१२ महोत्तरीका ३० वर्षीय चन्दनकुमार महतो, ग्रामथान गाउँपालिका–३ मोरङका ५५ वर्षीय रवीन्द्र गच्छदार, बागमती गाउँपालिका–५ मकवानपुरका ३६ वर्षीय दिपककुमार भ्लोन, मनरासिसवा नगरपालिका–३ महोत्तरीका ४९ वर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका–५ सिन्धुलीका २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।
आठ जनाको समुहमा पक्राउ परेका अभियुक्तहरुबाट एक किलो र सात जनाको समूहमा पक्राउ परेकाहरुबाट ९७८.६ ग्राम युरेनियमजस्तो देखिने वस्तु बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पक्राउ परेका सबै अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।