इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्मा पेस गर्नेकार्यसूची तय भएको संसद सचिवालयद्वारा जारी सूचनमा उल्लेख छ ।