इटहरीः देशका विभिन्न भागमा शनिबार वा अन्य कुनै सार्वजनकि बिदाका दिन सरकारी सवारीसाधन चलाएको पाइए विभिन्न समूहले सवारीसाधन नियन्त्रणमा लिने क्रम बढेपछि गृह मन्त्रालयले अत्यावश्यक सवारीको साँचो खोस्ने, सवारी रोक्नेजस्ता गतिविधि नगर्न अपिल गरेको छ ।

त्यस्ता गतिविधिमाथि मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्रायका उपसचिव वसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदानको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्न गराउनुहन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारी साधन बिदानका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्नु गराउनुहुन अनुरोध छ ।”