धरानः अर्थ मन्त्रालयले पहुँचको आधारमा चीनसँग सीमा नजोडिएको संखुवासभाको सभापोखरी गाउँपालिकालाई सात लाख रुपैयाँभन्दा बढी कर छुट दिएको खुलेको छ ।
अर्थ मन्त्रालयले साउन ४ गते भन्सार विभागलाई पठाएको पत्रमा सो गाउँपालिकालाई लिकिङ एस्काभेटर खरिदबापत सात लाख १४ हजार तीन सय रुपैयाँ छुट गर्न भन्सार विभाग प्रधानमन्त्री तथा अर्थमन्त्री स्तरमा पत्राचार गरिएको छ ।
पत्रमा स्पष्ट रुपमा चीनको स्वशासित क्षेत्रसँग सिमाना जोडिएका १४ वटा स्थानीय तहहरू भनेर उल्लेख छ । तर संखुवासभाको सभापोखरी गाउँपालिका भने चीनसँग जोडिएको छैन । पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.न. २८८ मिति २००९।०३।२७ को पत्र तथा सोसाथ इन्भोइस २ प्रति संलग्न गरी पठाएको उल्लेख छ ।
पत्रमा ‘सामग्री पैठारी गर्दा लाग्ने भन्सार महसुल तथा कर छुटको लागि अनुरोध आएको हुँदा अर्थिक ऐन, २०७९ को दफा १८(२) अनुसार उक्त सामानको पैठारीमा लाग्ने भन्सार महसुल तथा कर छुट दिने मिति २०७२।०४।०३ को निर्णयानुसार (सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) अनुरोध छ’,उल्लेख छ ।