इटहरीः झापाको काकडभिट्टा र मोरङको विराटनगर–१५ स्थित रानी भन्सार नाकाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका अवैध समान बरामद गरेको छ ।
हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५ रानी बसपार्कबाट अवैध रुपमा भन्सार छली लुकाइछिपाई नेपालतर्फ ल्याउदै गरेको अन्दाजी ६२ हजार मूल्य बराबरको रेडिमेड कपडा बरामद गरी आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालयमा बुझाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।