इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार आज बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पेस हुनेछ । संसदमा छलफलसहित पारित गर्ने उद्देश्यले गृहमन्त्री बालकृष्ण खाँडले विधेयक प्रस्तुत गर्न लागेका हुन् ।

यसका साथै नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ माथि छलफलको प्रस्ताव पेस गर्नेसमेत कार्यसूची तय भएको संसद सचिवालयद्वारा जारी सूचनमा उल्लेख छ ।