इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको बैठकमा नागरिकता (पहिलो शंशोधन २०७९) विधेयकमाथि छलफल जारी छ ।

बैठकका अन्य सबै एजेन्डा कार्यसूचीबाट हटाई सरकारले नागरिकता विधेयकलाई फास्ट ट्र्याक (द्रुतमार्ग) बाट पारित गर्ने तयारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।