इटहरीः नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत लिएर बैंकिङ्ग कारोबार गरिरहेका वाणिज्य बैंक र घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय सँस्था आफ्नै वर्गभित्र एक आपसमा मर्ज भए छुट पाउने भएका छन् ।
बैंक तथा वित्तीय सँस्थालाई एक आपसमा मर्जरमा जान प्रेरित गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् छुट सुविधिा दिएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै २०७९ पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने बैंक तथा लघुवित्त वित्तीय सँस्थाले मात्र राष्ट्र बैंकले उपलब्ध गराउने छुट सुविधा पाउने बताएका हुन् ।
बैंक तथा वित्तीय सँस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए मात्र राष्ट्र बैंकले तोकेको छुट पाउनेछन् । बैंक तथा तथा लघुवित्त सँस्थालाई मर्जरमा प्रोत्साहन गर्न भन्दै राष्ट्र बैंकले विगत केही वर्षदेखि विभिन्न किसिमका छुट सुविधा दिँदै आएको छ ।