इटहरीः मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण सेयर सोमबारबाट बिक्री खुल्ला गरिएको छ ।
कम्पनीले आज सोमबार साउन ९ गतेबाट सर्वसाधारणका लागि ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँको आईपीओ बिक्री खुला गरेको हो । कुल निष्कासित सेयरमध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गरिनेछ । यसमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय सँस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।