इटहरीः राष्ट्रिय सभाको सोमबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

आज बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक सर्वसम्मत रुपमा स्वीकृत भएको हो ।

अब विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुले राष्ट्रियसभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रियसभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।