इटहरीः अब उप्रान्त प्लास्टिकका पुष्पगुच्छा आयात, उत्पादन र बिक्री गर्न नपाइने भएको छ ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारण गर्न नपाईने बताएको हो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको हो ।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले बिहीबार उक्त सूचना प्रकाशन गरेका छन् ।
स्वदेशी फूल तथा गुच्छाको प्रवद्र्धन गर्न तथा विदेशी सजावट भएका प्लास्टिकका पुष्पगुच्छाको आयात रोक्न उक्त सूचना प्रकाशन गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।