भरतपुरः पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन भएको छ ।

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेनजिकै  लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । दुईवटा जेसीभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारीसाधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायबनिरीक्षक रविन विष्टले जानकारी दिए । 

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । -रासस