इटहरीः नेकपा एमालेका संघीय अध्यक्ष केपी शर्मा ओलीले यस पटकको संसदीय चुनाव नेकपा एमालेले हारेमा देशले हार्ने दाबी गरेका छन् ।

“अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । पाँच वर्ष प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, शुसासन, विकासको प्रश्नमा बोल्छ,” ओलीले भने,“ यस्ता काम गर्न कार्यक्षेत्र केही हुने होइन् । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनुपर्ने छ । देशलाई हार्न दिनुहुने छैन ।”

संघीय राजधानी काठमाडौँमा आयोजित एक पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन् । उनले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ता पङ्क्तिलाई निर्देशनसमेत दिए । आफू सरकारबाट हटेयता भ्रष्टाचार बढेको उनको दाबी थियो ।