काठमाडौँः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९७ हजार १०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ९९ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँ तोकिएकोे छ । -रासस