इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बहुमतले पारित भई नेपालको संविधान २०७२ को धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि आफूसमक्ष पेस हुन आएको विधेयकमा प्रतिनिधिसभाबाट पुनर्विचार हुन आवश्यक रहेको ठहर गर्दै राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी हुन् ।

संविधानको धारा ११३ को उपधारा (३) बमोजिम विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

299397500_480459207248821_8670117179655404334_n