काठमाडौँः नेकपा (एकीकृत समाजवादी) प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफ्नो जन्म दिनको उपलक्ष्यमा समाजवादी प्रेस संगठनको पत्रकार कल्याणकारी कोषमा १५ हजार रकम हस्तान्तरण गरेका छन् ।
आफ्नो ५२ औं जन्म दिनको अवसरमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा प्रचार विभागले आयोजना गरेको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा विभागका सचिव खतिवडाले समाजवादी प्रेस संगठनको कल्याणकारी कोषमा जम्मा हुने गरी १५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
खतिवडाले प्रेस संगठनको विधानले व्यवस्था गरेबमोजिम कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश अध्यक्ष रामचन्द्र यादव केन्द्रीय सदस्य दामोदर अर्याल र अशेष घिमिरे ,समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष तथा प्रचार विभागका सदस्य सन्तराम विडारी र भवानी कार्की, प्रचार विभागका सदस्यहरु लेखनाथ शिकारु, धनराज वास्तविक, जी के पोखरेल, कृतु भण्डारी, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य लिला श्रेष्ठ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेल, कार्यालयका माधव अधिकारी,विष्णु रिजाल लगायतको उपस्थिति रहेको थियो ।