इटहरीः संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७÷०७८’ पेस हुने बताइएको छ । यसका साथै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस हुने तयारी रहेको सचिवालयले जनाएको छ ।