युरोपः नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको  निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ । 

सामाजिक सञ्जालमा गिरीको निधनप्रति नेपाली कांग्रेसका नेता÷कार्यकर्ताले मात्र होइन राजनीतिमा रूचि नभएका सामाजिक क्षेत्रका व्याक्तित्वहरुले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यसै सन्दर्भमा युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुको आयोजनामा एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा गिरीको जिवनीलाई लिएर चर्चा गरिएको हो ।

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरी राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक दार्शनिक भएको बताए। गिरिले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उनी नेता नात्र नभई एक चिन्तक पनि रहेको बताए । 

गिरी  सरल, मिलनसार, गान्धीका अनुयायी गिरी  मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको उनको भनाइ थियो । 

received_600483541694683 (1)

बेल्जियममा क्रियाशील  वामपन्थी वुद्दिजिवी बोधराज पौडेलले गिरी नेपाली कांग्रेसको नेता र संसद भएपनि उनी नेपाली जनताले नै रुचाएको एक साझा चिन्तक रहेको बताए । ‘उहां  राजनीती गर्नेहरुका निम्ति मार्गदर्शक बन्नुभयो । उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा राजनीति गर्नुभयो,’ उनले भने । 

त्यसैगरी जनजाति नेता तथा बुद्धिजीवी मनिष गुरुङले गिरीको जीवनशैली अनुसरण गर्न लायक भएको बताए । गिरीले जनजाति, दलित र उत्पीडित वर्गको लागि कलम चलाएको उनको बुझाइ थियो । 

 एनआरएन बेल्जियम कोषाअध्यक्ष पुष्प नेपालले गिरी कांग्रेसको राजनितीमा एउटा सक्षम र सरल व्यायाक्ती भएको बताए । 

नेपाल प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा स्तम्भकार दिल निशानी मगरले गिरी नेता मात्रै नभई लेखक र पत्रकारसमेत रहेको बताए । “ २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका, २०३७÷३८ सालतिर प्रकाशित  ‘समता’ पत्रिका, अंकुर लगायतका पत्रिकामा स्व. गिरीको प्रतक्ष संलगनता थियो ।” उनले भने । 

माओवादी नेता जित लामाले गिरी माक्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्न सक्ने व्याक्ती भएकाले इन्टरनेटको जमना नहुँदा गिरीको भाषण सुन्न आफू कैयौँ समय पर्खिएको उनले स्मरण गरे । 

युरोपमा रहेका दर्जनौ लेखक पत्रकारहरुले जुममार्फत् सोही कार्यक्रममा सहभागिता जनाएका थिए ।  

लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा लेखिरहे गिरी एक युगमा एक पटक जन्मिने उनीहरुको भनाइ थियो । 

कार्यक्रमका अध्यक्षता गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यवाहक अध्यक्ष केजिन राईले आफु संसदीय पत्रकारिता गर्दा गिरीलाई नजिकबाट चिनेको र उनले बोलेका सबै कुराहरु झलझली सम्झिएको बताए । “ गिरी बोल्ने समयमा अजानक शान्त वातारवरण छाउँथ्यो । उहाँ बेल्दा नेता हैन कि कुनै दार्शनिक बोलेको अनुभूति हुन्थ्यो । निमोनियाले र क्यान्सरका कारण पीडित बनेका गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला शनिबार राति ९ः३० बजे निधन भएको हो । उनले आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च लिएका थिएनन् ।