इटहरीः प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ । तीन दिनभित्र समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको छ ।
“नेपालको सविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ बमोजिम प्रतिनिधि सभाका एक चौथाईभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस गर्नु भएका छ,” सूचनामा भनिएको छ, “महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।” महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते बोलाएको छ ।