इटहरीः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् निःशुल्क वितरण सकिने दाबी गरेका छन् ।

ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत् बाल्न सक्ने वातावरण हुने बताएका हुन् ।  प्राधिकरणको नाफाबाट ग्राहकलाई अहिले २० देखि २५ अर्ब रूपैयाँको महशुल सहुलियत दिएको उनको भनाइ थियो । घिसिङले अहिले ग्रहकदरलाई विभिन्न क्याटगोरीमा छुट्याएर सहुलियत दिएको बताए ।