काठमाडौंः युवा संघ नेपाल भाद्र १५ देखि २३ गते सम्म महाकाली मेची अभियानमा निस्कने भएको छ ।
संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले एक विज्ञप्ति जारी गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्दै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउने, जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध जेहाद छेडने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि युवा संघ, नेपालले अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
२०७९ मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको आम निर्वाचनमा खर्चिलो निर्वाचन प्रचारको विरुद्धमा जनतालाई सचेत र जागरुक पार्ने तथा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन युवाहरूलाई परिचालन गर्ने उद्देश्यले संघले “भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिस्कार ” भन्ने नाराका साथ भदौ १५ गते पत्रकार सम्मेलन गरी कार्यक्रमको शुभारम्भ गर्ने जनाएको छ ।
टोलीलाई भोलि नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले १. ३० बजे पार्टी कार्यलय , आलोकनगरमा युवा संघको झण्डा हस्तान्तरण गरी अभियानको प्रारम्भ गर्नुहुने कार्यक्रम तय भएको छ । सहित बिदाई गर्ने पनि बताइएको छ ।
युवा संघ नेपालको टोलीले तराईका २२ जिल्लामा केन्द्रित हुनेछन् । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघका प्रवक्ता राईले जानकारी दिए । अभियानमा युवा संघका अध्यक्ष नरेश शाहीको नेतृत्वमा पार्टीका नेताहरू पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ ।