कास्कीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा उम्मेदवार पाउन काठमाडौं धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ समाजवादी कास्कीको भेलामा बोल्दै नेपालले निर्वाचन तयारीका लागि जनताको घरदैलोमा जान कार्यकर्तालाई निर्देशन समेत दिएका हुन् ।
अध्यक्ष नेपालले पार्टीको निर्णय सबै कार्यकर्ताले मान्नुपर्ने भन्दै गठबन्धन दलभित्र नेपाली कांग्रेसमा सबै सोहोर्ने प्रवृत्ति देखिएको बताए । ‘नेपाली कांग्रेसभित्र सबै सोहोर्ने प्रवृत्ति देखिन्छ, कतिपय नेता मिलाउनुपर्छ भन्ने भावना राख्नुहुन्छ,’ , ‘मिलाउन खोज्नेलाई धन्यवाद भन्छौँ , सोहोर्न खोज्नेलाई त्यस्तो काम नगरौँ भन्छौँ ।’उनले भने ।
निर्वाचनमा पार्टीले मापदण्ड बनाएर उम्मेदवार छनोट गर्ने भन्दै नेपालले गठबन्धनमा सहमति नभए एक्लै जान तयार रहेको भन्दै ‘सहमति भएन भनेर खिन्नता र निराशा आवश्यक नभएको बताए । नेकपा एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रमा विलय हुँदैछ भनेर एमालेले कुप्रचार गरेको भन्दै उनले विगतमा एमालेलाई समाप्त पारेर नेकपा बनाएको बताए ।
‘एमालेलाई समाप्त पारेर नेकपा बनाएको आफ्नै विगत सम्झन एमालेलाई आग्रह गर्छु,’ उनले भने, ‘विगतमा पार्टी एकताका अभ्यास अध्ययन गरेरमात्र हामी माओवादी र जनमोर्चासँग एकता गर्नेबारे कुराकानी गरिरहेका छौं।’