काठमाडौँः नेकपा ( एकीकृत समाजवादी ) का महासचिव डा. वेदुराम भुसालले समानता सहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताएका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा प्रमुख अतिथिको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् । महासचिव भुसालले अझै पनि समाजमा आर्थिक सामाजिक सांस्कृतिक भाषिक लगायतका विद्यमान विभेदको अन्त्यको लागि लड्नु पर्ने अवस्था भएको बताए ।
उनले नागरिकका राजनैतिक अधिकारका अलावा आर्थिक सामाजिक सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने ध्येयले माक्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।
उनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा पुनर्गठन विकास र रूपान्तरणको लागी आफूहरू निरन्तर रहेको बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको समेत बताए ।