इटहरीः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै फे्सबुकमा स्टाटस् लेखेका छन् ।
फोहोर व्यवस्थापनमा उल्लेख्य सफलता पाउन नस्केको उनको भनाइ छ । ् ‘...१०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर, झन्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ,” उनले लेखेका छन्, “यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौँ ।”
“हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्नेभन्दा पनि आममानिसले कसरी हेर्नुभयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम ग¥यौँ । त्यसले आममानिसमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ,” उनले लेखेका छन्, “मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरू ग¥यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ ।ृ
्एक स्य दिनमा आफूले फुटपाथ खाली गराउने, खेलका लागि बजेट छुट्याउने, यमबुद्धको सलिक निर्माणको बहस् चलाउनेजस्ता विभिन्न ६ ओटा कामहरुको सुरुवात गरेको जिकिर गर्दै १०० दिन मात्र आफ्नो यात्रा नभएकोले पाँच वर्षस्म्म आलोचना सहँदै काम गने प्रतिबद्धता जनाएका छन् ।
्अन्त्यमा उनले लेखेका छन्, “हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ । तर, हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।”