इटहरीः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा आज पनि बयान लिइँदै छ । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यक्षमा बिहान ११ बजे बस्ने तय छ ।

जबरासित तेस्रो दिन बयान लिन लागिएको हो । गएको बुधबार पहिलो दिन बयान लिइएको थियो । त्यस दिन उनलाई पाँच प्रश्न सोधिएको थियो । दोस्रो दिन बिहीबार दुई प्रश्न मात्र सोधिएको थियो ।

आज थप प्रश्नहरू सोधिनेछ । जबरालाई कुल ४३ प्रश्न सोधिने समिति सदस्य एवं सांसदहरूले बताएका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । तीन दिनभित्र  समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको थियो ।