इटहरीः साढे १८ लाख आवेदक रहेको खप्तड लघुवित्तको आईपिओमा जम्मा १२ हजार ३४० जनालाई १० कित्ता पर्ने भएको छ । 

कम्पनीको आईपिओ सोमबार (भदौ २० गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ ।

आईपिओ पाउन भने भाग्यमै भर पर्नुपर्ने भएको छ । जम्मा  १२ हजार ३४० जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । 

 खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।