काठमाडौंः नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव भएको बताएका छन्  ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा ६  वटा किसान सङ्गठनहरूको प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। अध्यक्ष नेपालले कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव भएको भन्दै किसान सङ्गठनहरूले उठाएका मागहरू समय सान्दर्भिक भएको बताए । 

304779905_608375864261708_4535246983103021155_n

नेपालमा कृषि र वनसँग जोडिएका थुप्रै कार्यक्रमहरूलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नु नेपालको आवश्यकता औँल्याए ।  हामीहरू उदारवाद र दलाल पुँजीवादको चक्रमा फसेका छौ भन्दै अध्यक्ष नेपालले देशको अर्थतन्त्र आत्मनिर्भर गर्न कृषि लाई जीवनोपयोगी बनाउनु जरुरी भएको जसको लागि कृषि क्षेत्रको आधुनिकीकारण औजारीकरण गरेर रूपान्तरण गर्नुको विकल्प नभएको औँल्याउँदै कृषि क्षेत्रको रूपान्तरणको लागि प्रतिनिधि मण्डलले ल्याएका  ५७ बुँदे मागहरू प्रति आफ्नो र आफ्नो पार्टीको ऐक्यवद्धता रहेको जनाए । 

ज्ञापन पत्र बुझाउने सन्दर्भमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा , अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघ ( अप्फा ) का अध्यक्ष भैरव रेग्मी ,अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघ का अध्यक्ष दुर्गाप्रसाद जैसीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।