काठमाडौँः आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा सहभागिताका लागि सिट बाँडफाँटबारे भएको सहमति सत्ता साझेदार पाँच दलीय गठबन्धनले आज सावर्जनिक गर्दैछ ।
गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ८६ सिट पाउनेगरी सहमति भएको स्रोतले बताएको छ । अन्य दलहरुले पाउने सिट छलफलपछि तय हुने बताइएको छ । एक सय सिटमा आफ्नो दाबी गरिरहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनामा ८६ सिटमा समेटिन तयार भएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन् । कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।