इटहरीः जलविद्युत कम्पनीहरु सगरमाथाहाइड्रोपावर कम्पनी र माइखोला हाइड्र्रोपावर कम्पनी लिमिटेड आईपीओ निस्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् ।
दुवै कम्पनीले हालै आईपीओ निष्कासनको अनुमति माग्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
सगरमाथा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ ।
यस्तै, माई खोला हाइड्रोपावरले पनि आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा पनि बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ ।