इटहरीः भ्दौ १५ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर बिक्री गरेको श्रृजनशील लघुवित्त वित्तीय सँस्थाको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहीबार प्रिअलटमेन्ट सकाएको बताएको छ भने बाँडफाँट अर्को साता हुने बताएको छ ।
लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो ।
त्यसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयर मात्र सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । त्यसअनुसार ३६ हजार ८५९ जनाले मात्र सेयर पाउनेछन् भने बाँकीको हात खाली हुने भएको छ ।