काठमाडौँः सिट बाँडफाँटका लागि गठित उच्चस्तरीय कार्यदलले हिजो बुझाएको प्रतिवेदनउपर छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।
आज अपराहन्न ३ः०० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनका शीर्ष नेताहरु सम्मिलित बैठकले कार्यदलको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने कार्यदलका सदस्य तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।