धनगढीः कैलालीको गोदावरी नगरपालिका ६ मा पर्ने कुटी बछेडा खोलामा सडक पुलको निर्माण भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र पूर्वराज्यमन्त्री चुनकुमारी चौधरीले संयुक्त रुपमा पुलको उद्घाटन गरेका हुन् । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल ३ करोड ५८ लाख विनियोजित बजेटमध्ये ३ करोडा ४३ लाख १५ हजार लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख ओमप्रकाश जोशीले जानकारी दिए । २६ मिटर लम्बाइ रहेको सो पुलको ४ मिटर चौडाइ रहेको छ । 

यस्तै कैलाली निर्वाचन क्षेत्र नं ४ अन्र्तगतककै चाक्ले खोला पुल बिहीबार मात्र उद्घाटन गरेका थिए । मन्त्री सोडारीले विगतका लामो समयदेखि बन्न नसकेका पुलहरु आफू निर्वाचित भएपश्चात् धमाधम पक्की सडक पुलको उद्घाटन गर्दै आइरहेका छन् । सोडारीले अण्डैया खोला सडक पुल, चौमाला खोला सडक पक्की पुल, सुपारी आमदेखि भादा जोड्ने सडक पक्की पुल , शिवपुर खोलामा सडक पुल,  भस्ना नाला सडक पुल, भैसासुर कटानी नदीमा सडक पुल बजेट विनीयोजन गरेर बहुवर्षीय ठेक्कासमेत भइसकेका छन् भने ठेकेदारको लापरबाहीका कारण केही सडक पुल निर्माणकै चरणमा रहेका छन् ।