इटहरीः भदौ १५ गतेदेखि सर्वसधारणको लागि बिक्री निष्कासन गरिएको सृजनशील लघुवित्त वित्तीयको आईपीओ ३७ हजारले मात्रै दश कित्ताका दरले पाउने भएका छन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार सृजनशीलको आईपीओ भोलि भदौ २७ गते बाँडफाँट हुने भएको छ । कम्पनीले भदौ २३ गते नै प्रिअलटमेन्ट सकाएर सोमबार बाँडफाँट गर्ने निर्णय गरेको थियो ।
कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको थियो ।
त्यसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयर मात्र सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । त्यसअनुसार ३६ हजार ८५९ जनाले मात्रै सेयर पाउनेछन् ।