काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको तीन नेताहरुको भेटवार्तामा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
केही महत्वपूर्ण विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधिसभाको कार्यकाल सकिन लागेपछि ती विधेयकको औचित्यबारे छलफल गर्न तीन नेताहरुले भेटवार्ता गरेका हुन् ।