इटहरीः प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव पेस भई निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाअभियोग सिफारिस समितिले आज पनि बयान लिँदैछ ।

बयानका लागि समितिको बैठक बिहान ११ः०० भबजे सिंहदरबारमा बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । पछिल्लो पटक हिजो समितिले जबरासँग चौथो पटक बयान लिएको थियो ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी माग गर्दै भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । तीन दिनभित्र  समितिमा आइपुग्नेगरी राणविरुद्ध प्रमाण पठाउन समितिले अनुरोध गरेको थियो ।