काठमाडौँः सरकारले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पुनः जनाएको छ । 

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभा (थरुहट) थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग विभिन्न मितिमा भएका समझदारी तथा सम्झौताहरूको कार्यान्वयनका लागि पुनः प्रतिबद्धता दोहोर्याएको हो ।