काठमाडौँः नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । साढे ३ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उनले आजै भक्तपुर दरबारको अवलोकनको कार्यक्रम रहेको छ ।

ली राजनीतिक भेटवार्ता र भ्रमणमा निस्कने समयमा आज पनि काठमाडौं उपत्यकाको सवारी आगमन प्रभावित हुने भएको छ । लीको सवारीको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।