काठमाडौँः संघीय संसद संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ ।

न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो । 

“सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष सूचना वा उजुरी दिन सकिनेछ,” समितिले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिनेछ ।”

sansad notice