काठमाडौँः सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे÷नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको भएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

सांसदहरूले निर्माण गरेका कानुनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा सांसदहरुले नै निगरानी गर्नुपर्ने उनको भनाइ थियो । सभामुख सापकोटाले नीति निर्माण सँगसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।