काठमाडौँः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विधेयक दुवै सदनले पारित गरेपछि स्वतः ऐन बन्ने अन्तर्राष्ट्रिय अध्यास रहेको बताएका छन् । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको आज बसेको अन्तिम बैठकलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेश तत्कालै जारी गरेको राष्ट्रपति कार्यालयले हाल संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले रोक्नु संसदीय मर्यादाको उल्लङ्घन भएको यादवको जिकिर थियो । उनले भने,
“दुवै सदनको बहुमतले पारित गरेपछि प्रमाणीकरण नहुनु संसदीय मर्यादाको खिल्ली उडेको छ । संसदले पटक–पटक पारित गरेपछि प्रमाणीकरण रोक्न मिल्दैन,” उनले भने, “यदि, त्यसो हो भने संसद्ले पारित गर्दै जाने तर प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ ?”