काठमाडौंः नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव डा.विजयकुमार पौडेलले वर्तमान आवश्यकता बिजुलीको तार भूमिगत गर्नु नभएर जनताको कृषि उत्पादन बढाउने र जनतालाई रोजगारी सँग जोड्नु रहेको बताएका छन् ।

अनेरास्ववियूको उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बहाँले यस्तो बताए । कार्यक्रममा बोल्दै उहाले हाम्रा मागहरु जनताका माग हुनु पर्ने बताए  ।

सार्वजनिक शिक्षाको गुणस्तर उकास्न अबको विद्यार्थी आन्दोलन हुनु पर्ने र हाम्रो देशमा अध्ययन गर्न पाउने विषयहरू बाहिर पढ्न जान पाउने व्यवस्था  रोक्नुपर्ने पनि उनले बताए ।