काठमाडौंः अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अबको मंसिर ४ गते केपी ओली र केपी ओली कम्पनीको पतनको दिन भएको बताएका छन् ।
अनेरास्ववियूको उपत्यका स्तरीय कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पराजुलीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले संविधानलाई मिच्नेले वाकाथुन जस्तो नाटक गरिरहेको र केपी ओलीले जिते संसद , संविधान केही नबाँच्ने पनि बताए ।
ओलीको अतिवाद सिद्द्याउन हालको सहकार्य आवश्यक भएको पराजुलीले बताए । कार्यक्रम अनेरास्ववियू उपत्यका अध्यक्ष प्रदीप थापाको अध्यक्षता र नेकपा (एकीकृत समाजवादी)पार्टी उपमहासचिव डा। विजयकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।