काठमाडौँः नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा सूचीकृत भएको छ ।
आज निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिक सूचीमा महराको नाम रहेको एक पदाधिकारीले जानकारी दिए ।
२०७४ सालको संसदीय निर्वाचनमा महरा दाङ–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।