काठमाडौँः आगामी मंसिर ४ गते देशभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ ४८ दलको बन्दसूची दर्ता भएको छ ।
नेपाल समावेशी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्र्रिय मुक्ति आन्दोलन नेपाललगायत ४८ दलहरुको बन्दसूची दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएकोमा ४८ दलले मात्र विवरण बुझाएको अयोगको भनाइ छ । बन्दसूची बुझाउन असोज ३ गतेसम्मको मात्र म्याद आयोगले दिएको भएपनि दलहरुले आज पनि बन्दसूची बुझाएका हुन् ।