काठमाडौँः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सीट बाँडफाँडमा कांग्रेसले दम्भ देखाएको बताएका छन् । 

उनले बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  त्यस्तो बताएका हुन् ।

उनले  कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको बताए  । अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सबैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।  

कांग्रेस परिस्थितिले ठूलो शक्ति भएपछि उस्को ठूलो स्वर भएको भन्दै उनले जनताको शक्ति आर्जन गर्ने काममा लाग्न सम्पूर्ण कार्यकर्ताहरूलाई आव्हान गरे । अध्यक्ष नेपालले सत्ता गठबन्धनले सीट बाँडफाँडमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा समेत राखेका थिए । 

उनले युवाहरूले इमानदार कर्तव्यनिष्ठ आत्मविश्वासी र चुनौतीको सामना गर्न सक्ने हुनुपर्ने बताए । 

युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका कार्यकर्ताहरू असल इमानदार हुनुपर्नेमा जोड दिए ।

 युवाहरूकै हातमा अबको राजनीति रहेको भन्दै अध्यक्ष नेपालले आफूहरू पलायन हुने धातुबाट नबनेको भन्दै अध्ययनशील चिन्तनशील र क्रियाशीलताको पार्टीले उचित कदर र जाँच गर्ने बताए । 

ओलीले उ वेला संविधान मिच्ने काम गरेर प्रतिगमन गरेको स्मरण गर्दै अध्यक्ष नेपालले अहिले पनि राष्ट्रपति भण्डारीले संविधानलाई अस्वीकार गरेको प्रसङ्ग उठान गर्दै यस तर्फ सबै सचेत हुनुपर्ने बताए । 

राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानून उल्लंघन गर्ने सम्भावना देखिएको तर्क गर्दै अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखेका छन्  ।