इटहरीः प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले उम्मेद्वारलाई के कति खर्च गर्न पाउने भन्ने सिमा तोकेको छ । 

निर्वाचन क्षेत्र, भुगोल र मतदाताको संख्याको आधारमा आयोगले खर्चको हद तोकेको छ । 

निर्वाचन आयोगले उम्मेद्वारहरुका लागि मतदाता नामावली खरिद, प्रचार प्रसार सामाग्री , गोष्ठि अन्तरक्र्रियाको खर्च देखाउन पाउने गरी खर्चको हद तोकेको छ । यस्तो आयोगले सवारी साधन, ढुवानी, साथै छापा एंव विद्युतीय माध्यम तथा अन्य माध्यमबाट प्रचार प्रसार गर्न सक्ने गरी खर्चको शिर्षक बनाएको छ । यस्तै उम्मेद्वारले कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालन शिर्षकमा समेत खर्च गर्न पाउँछन् भने प्रचार प्रसारका लागि सामाजिक सञ्जालको समेत उपयोग गर्न पाउँछन् । 

उम्मेद्वारलाई निर्वाचन आचारसंहिता र निर्वाचन निर्देशिका २०७९ को प्रतिकुल नहुनेगरी तोकिएको सिमाभित्र खर्च गर्न भनेको छ ।