इटहरीः दश बुँदेको सुचिमा परेका नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् ।
नेकपा एमाले आछाम जिल्ला कमीटीबाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस भएका रावललाई टिकट नदिएर एमालेले अछाम–१ बाट झपट बोहोरालाई टिकट दिने भएको छ ।
उम्मेद्वार छनौटको अन्तिम अधिकार पाएका पार्टी अध्यक्ष ओलीले भिम रावललाई वाइकट गर्दैै झपड बोहरालाई टिकट दिने भएपछि रावलको हात खाली हुने सम्भावना बढेको छ ।
अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदेको टिका लगाएका रावल माधव नेपाल समुहमा जाने हल्ला गरिएपनि गरी एमालेमै बसेका थिए । रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।
उनले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।