मकवानपुरः त्रिभुवन राजपथको बाह्र घुम्तीमा सुक्खा पहिरो जाँदा हेटौंडादेखि काठमाडौंतर्फको यातायात अवरुद्ध भएको भैंसे प्रहरी चौकी मकवानपुरले जनाएको छ ।
उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौंबाट आएका र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैंसे प्रहरीले जानकारी दिएको छ । रासस