इटहरीः टिकट वितरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलेउपेक्षा गरेपछि नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।आफ्नो आधिकारिक फेसबुक पेंजमा लामै स्टाटस लेख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी निकट स्रोतका अनुसार उनि रुपेन्दही १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा पनि जुटेका छन् ।
उनको स्टाटसमार्फत भनेका छन्–‘मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
भुसाललले पाटीृमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले पार्टी परित्याग गरेको जनाएका छन् ।